सेनाले माग्यो १८ वृक्षरोपण हेरालु

डिसी नेपाल
२२ पुष २०७९ ७:५५
48
Shares

काठमाडौं। नेपाली सेनाले १८ जना वृक्षरोपण हेरालु मागेको छ। काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाका लागि सेनाले करारमा वृक्षरोपण हेरालु राख्न लागेको हो।

सडक निर्माणको क्रममा रुख काटिएका थिए। त्यसको क्षतिपूर्तिस्वरुप वृक्षरोपण गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने भएकाले वृक्षरोपण हेरालु राख्न लागिएको हो।

४५ वर्ष ननाघेका तथा साधारण लेखपढ र बोटबिरुवा रोपाइ एवं हेरचाह गर्न सक्ने व्यक्तिले ओदन दिन सक्नेछन्। कार्यक्षेत्र बाराको जितपुर, सिमरा तथा निजगढ नगरपालिका रहेको छ। पारिश्रमिक मासिक १८ हजार उपलब्ध हुने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *