गायक आशिष सचिनले जन्मदिन मनाए अनाथ बालबालिकासँग
काठमाडौँ। युट्युवमा करिब १० करोड पटक हेरिएको नेपाली गीत दारी फुल्यो वैँशैमा चस्मा लाउँछौ पावर‘का गायक आशिष सचिनले ‘अनाथ असाहाय बालसुधार समाज’ मा पुगेर जन्म दिन मनाएका छन्।
गायक, अभिनय सँगसँगै समाजसेवामा पनि सक्रिय गायक आशिष सचिनले काठमाडौंको बुढानिलकण्ठ ५ डाँडा गाउँमा रहेको ‘अनाथ असाहाय बालसुधार समाज’ मा पुगेर अनाथ बालबालिकासँग आफ्नो जन्मदिन मनाएका हुन्।
जन्म दिन मनाउने क्रममा गायक सचिनले आफ्ना केही चर्चित गीतहरु अनाथालयमा रहेका बालबालिकालाई सुनाए। उनका केही हिट गीत सुन्दै त्यहाँका बालबालिका उनीसँगै रमेका थिए।
कार्यक्रममा आफ्नो जन्म दिनको केक काटेर गायक आशिष सचिनले त्यहाँका बालबालिकालाई खुवाए। सो आश्रममा रहेका ३३ जना बालबालिकालाई खाना खुवाउँदै उनले जन्म दिन मनाए। उनीहरुलाई केही आर्थिक सहयोग र खाद्यान्न सहयोग पनि प्रदान गरे।
अनाथालयमा रहेका बालबालिकाहरु नर्सरी देखि कलेजसम्म अध्ययन गरिरहेको सँस्थाका कोषाध्यक्ष सुदिप केसीले बताए। २१ जना बालक र १२ बालिकाहरु रहेका सो आश्रममा यी गायकले आफ्नो जन्म दिन मनाएर केही क्षण भएपनि बालबालिकालाई खुसी तुल्याएका उनले बताए। आशिषका ‘दारी फुल्यो बैंसैमा’सँगै ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीत लोकप्रिय छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment