निर्देशक गिरीको फिल्म नम्बरी सुनमा अभिनेता बिनोद न्यौपाने अनुबन्धित
काठमाडौँ। राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा नम्बरी सुनमा अभिनेता बिनोद न्यौपाने अनुबन्धित भएका छन्। निर्माण टिमले दिएको जानकारी अनुसार बिहिवार लिखित सम्झौता भएको छ।
माघ २० गतेबाट फ्लोरमा जाने सिनेमामा गौरव, नम्रता, बिनोदको अलवा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृती वली लगायत कलाकारको अभिनय रहनेछ। निर्देशक गिरीले ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको बताउँछन्।
सिनेमाबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन्। सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमाको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ। लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा सिनेमाको छायंकन गरिनेछ।
सिनेमामा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, रहनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment