घुस लिएको अभियोगमा मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेट सञ्जयप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग रू ११ हजार बराबरको घुस लिएको पाइएको छ। आयोगले यादवलाई गत असोज ३१ मा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो।
आयोगका अनुसार अपरेटर यादवले दुई पटक गरी रु ११ हजार बराबरको घुस लिएको पाइएको छ। आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार आरोपितलाई बिगोबमोजिम सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment