गोरखाबाट हराएका चार किशोरी तनहुँमा फेला
काठमाडौं । गोरखा सदरमुकामस्थित एक स्कुलबाट दुई दिनदेखि हराइरहेका चार जना किशोरी तनहुँमा फेला परेका छन् ।
गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजारमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयबाट बिहीबारदेखि हराएका किशोरी आज तनहुँमा फेला परेको गोरखाका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले बताए ।
महालक्ष्मी माविमा कक्षा ४ मा अध्ययनरत बारपाक सुलिकोट गाउँपालिका घर भएकी १६ वर्षीया संगिता गुरुङ, कक्षा ५ मा अध्ययनरत शहिद लखन गाउँपालिकाकी १६ वर्षीया सरिता परियार, रौतहट घर भएकी १६ वर्षीया काजल हजारा र कक्षा ६ मा अध्ययनरत लक्ष्मीबजार घर भएकी १३ वर्षीया अस्मिता कुँवर विद्यालयबाट नै हराएका थिए ।
किशोरीहरू विद्यालयबाट सम्पर्कविहीन भएपछि विद्यालयले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हराएका चार किशोरी शकुशल फेला परेको पत्रकार नरहरि सापकोटाले जनाएका छन् । उनका अनुसार जिल्ला प्रहरी कार्यालय गोरखाले सम्बन्धित परिवारलाई चार किशोरी बुझाइसकेको छ ।
यसअघि असावधानिवश प्रकाशित गोरखाबाट हराएका चार किशोरी तनहुँमा मृत फेला भन्ने समाचार सच्याइएको छः सम्पादक
No ads found for this position

डिसी नेपाल
Facebook Comment