समाजसेवी दिकपाल केसीको निर्माणमा ‘थोत्रो चोली’ गीतको भिडियो सार्वजनिक

डिसी नेपाल
२५ पुष २०७९ ७:०३

अमेरिका। राज सिग्देलको मार्मिक गीत ‘थोत्रो चोली ‘गीतको भिडियो सार्वजनिक गरिएको छ। हरि बस्ताकोटीको रचना, अच्युत घिमिरेको बाचन र गायक राज सिग्देलको सुमधुर स्वर सुनेपछि याे गीत तयार भएकाे हाे।

धेरै एकल आमाहरू र उनीहरूको सन्ततीको माझमा पुर्‍याउनका लागि समाजसेवी तथा सफल व्यपारी दिकपाल केसीले आफ्नै अभिनय र लगानमा “थोत्रो चोली” भिडियो सार्वजनिक गरेका हुन्।

गीतमा कलाकार बेनिसा हमाल, जे सागर र बाल कलाकार आर्नब घिमिरेको अभिनय छ। त्यसैगरि गीतको सह-निर्देशक लोमस पौडेलको रहेको छ भने गीतलाई विकाश दाहालले सम्पादन गरेका हुन्।

नेपाली समाजमा घटने थुप्रै घटनालाई आधार बनाएर बुवाको हत्या त्यसपछि एकल नारीको दुखद घटना गीतमा समेटिएको छ।

गीतकार सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको सार्वजनिक गीतमा नबिन कार्कीको संगीत, विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोमा गायिका चौहान नै फिचर छिन्।

गीतकार सुरजले आफ्नी प्रेमीका प्रभा बस्नेतलाई सर्मपित गर्दै लेखेको गीतको भिडियो प्रभाकै जन्मदिनमा सार्वजनिक गरेका हुन्। जोसँग उनले पछि विवाह गरे।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोको छायांकन जनक वलीले गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका हुन्। पेशाले सिभिल इञ्जिनियर हुन् सुरज। परिवारसहित क्यानडामा बस्दै आएका सुरजले यसअघि ए माया जूनकीरी बोलको गीतको भिडियो निर्माण गरेका छन्।

जसमा उनकै छोरी अनुसा अधिकारीको अभिनय रहेको छ। गीतलाई सुरुगर्दा र बीच भागमा पुग्दा अच्युत घिमिरेले शील्पिकलाको लेप लगाउँदै शब्द बाचन गर्दा गीतलाई अत्यन्तै मार्मिक बनाएको छ।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *