संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदलाई रवि लामिछानेको निर्देशन {भिडियो}

डिसी नेपाल
२५ पुष २०७९ १२:५६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठममा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले संसदमा आफ्नो बलियो उपस्थीति देखाउन र जनतासमक्ष गरेका प्रतिवद्धता पुरा गर्नका लागि संसदमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका हुन् ।

बैठकले मंगलबार संसदमा प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिनका लागि अन्य दलहरुलाई आग्रह गरेको सांसद सन्तोष परियारले जानकारी दिए। उनले अहिले पार्टीले दलको नेतामात्र चयन गरेको र प्रमुख सचेतक र सचेतक पछि चयन गरिने बताउनुभयो । बैठकले बैठक सञ्चालन अध्यक्ष मण्डलमा चन्दा कार्कीलाई सिफारिस गरेको छ ।

भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *