लागूऔषध चरेशसहित रुकुमका शाही पक्राउ

डिसी नेपाल
२५ पुष २०७९ १९:३६
52
Shares

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध चरेशसहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम (पूर्व) पुथा उत्तरगंगा गाँउपालिका वडा नम्बर १२ घर भएका वर्ष ३५ का विरेन शाही रहेका छन् ।

यहि पुस २२ गते साँझ ६ः३० बजे पोखराको पृथ्वीचोकबाट उनी पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शंका लागेर उनको खानतलासी गर्दा चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

उनको साथमा रहको झोलाबाट लागूऔषध चरेश ३ केजी ३०० ग्राम र मोवाईल थान एक थान बरामद भएको बताइन्छ । पक्राउ परेका शाहीलाई कास्की जिल्ला अदालतबाट सात दिन म्याद लिएर अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *