सुनको मूल्य ४ सयले घट्यो, प्रति तोला कति पुग्यो ?

डिसी नेपाल
२६ पुष २०७९ १०:४५

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार रुपैयाँ कायम भएको छ।

यता, चाँदीको प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ९० सय रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *