डिप्रोक्स लघुवित्तकाे २१.०५२ प्रतिशत लाभांश घोषणा

डिसी नेपाल
२६ पुष २०७९ १२:४४

काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई २१.०५२ प्रतिशत लाभांश दिने भएको छ। सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११.०५२ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

संस्थाले हाल कायम चुक्ता पूँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार ३३२ रुपैयाँको १० प्रतिशतले हुन आउने १३ करोड ८७ लाख ४९ हजार ८३३ रुपैयाँ २८ पैसा बराबरको बोनस सेयर र ११.०५२ प्रतिशतले हुन आउने १५ करोड ३३ लाख ५५ हजार ८४ रुपैयाँ ७३ पैसा नगद लाभांश दिने भएको छ।

प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *