एन-प्याबसनले २५ औँ स्थापना दिवस मनाउँदै, उपराष्ट्रपति सहभागी हुने

डिसी नेपाल
२६ पुष २०७९ १७:३७
8
Shares

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एन-प्याबसन)ले आफ्नो २५ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।

पुस २७ गते (बुधबार) एन-प्याबसनले राष्ट्रिय सभागृहमा कार्यक्रम गर्ने भएको हो । उपराष्ट्रपति नन्दकिशोर पुनको सहभागितामा हुने उक्त कार्यक्रममा प्रत्येक प्रदेशबाट लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता हुने एन प्याबसनले जनाएको छ । विद्यार्थीकेन्द्रित सेमिनार, गोष्ठि लगायतका साथै सरकारद्वारा छात्रवृतिको नाममा विद्यार्थीहरुलाई गरिएको विभेदलाई केन्द्रविन्दुमा राखेर कार्यक्रम गर्ने भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *