सैनिकलाई ‘प्रकृति संरक्षण पदक’ प्रदान
काठमाडौं । नेपाली सेनाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा महत्वपूर्ण योगदान पु¥याएका सेनाका रथी, अधिकृत, पदिकलगायत सकलदर्जालाई प्रकृति संरक्षण पदक प्रदान गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहबीच प्रधानसेनापति प्रभुराम शर्माले उनीहलाई उक्त पदक प्रदान गरेका हुन् ।
प्रकृति संरक्षणमा पु¥याएको योगदानको कदरस्वरुप २०७५ जेठ १३ गतेदेखि नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम संरक्षित क्षेत्रमा रही एक वर्ष योगदान दिएका सकलदर्जालाई प्रकृति संरक्षण पदक प्रदान गरिँदै आएको छ । हालसम्म १६ हजार १३६ जनाले उक्त पदक प्राप्त गरिसकेका छन् ।
यस वर्ष गत असोज ३ गते संविधान दिवसको अवसरमा दुई हजार आठ सय ८७ जनालाई पदक प्रदान गर्ने घोषणा भएकामा आज प्रधानसेनापति शर्माले जङ्गी अड्डामा कार्यरत एक रथि, १२ अधिकृत र दुई पदिकलाई प्रकृति संरक्षण पदक प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मौसमी प्रतिकूलता, भौगोलिक विकटता र चोरी सिकारीजस्ता चुनौतीका बीच प्रकृति संरक्षण कार्यमा तैनाथ रहँदा हालसम्म एक सय १६ जनाले वीरगति प्राप्त गरिसकेका छन् । पदक सुशोभन कार्यक्रममा बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्कालगायत सैनिक अधिकृतको उपस्थिति थियो ।
यसैबीच दक्षिण सुडानमा तैनाथ शान्ति सेनाको अदलीबदलीअन्तर्गत आज चन्दननाथ गण (शान्ति सेना) आठौँ डफ्फालाई बदली गर्नका लागि वीरदल गण (शान्ति सेना) नवौँ डफ्फाका २१४ शान्ति सैनिक सेनानी प्रविन उप्रेतीको नेतृत्वमा आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रमुख सेनानी राजन दाहालको कमाण्डमा खटिएको उक्त गणका छ सय ३६ जना यसअघि नै मिशन इलाकामा पुगिसकेका छन् । उक्त मिशनमा तैनाथ चन्दननाथ गण ९शान्ति सेना० आठौँ डफ्फाका दुई सय १३ शान्ति सैनिक सेनानी रेखराज श्रेष्ठको नेतृत्वको टोली यही पुस २५ गते स्वदेश फिर्ता भइसकेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment