अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२७ पुष २०७९ ८:४५

काठमाडौँ। बुधबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ ५६ पैसा र विक्री मूल्य १३१ रुपैयाँ १६ पैसा तोकिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिद मुल्य १३१ रुपैयाँ ४८ पैसा र विक्री मूल्य १३२ रुपैयाँ ०८ पैसा रहेको थियो ।

यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४० रुपैयाँ २३ पैसा र विक्री दर १४० रुपैयाँ ८८ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ ०९ पैसा र बिक्रीमा ९० रुपैयाँ ५० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९८ पैसा, सिंगापुरे डलर एकको खरिददर ९८ रुपैयाँ १२ पैसा र विक्री दर ९८ रुपैयाँ ५७ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ९० पैसा र विक्रीमा ९ रुपैयाँ ९५ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३६ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ८६ पैसा र बिक्रीदर २९ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *