सगरमाथा जलविद्युत कम्पनीको आईपीओ माघ ५ गतेदेखि आउँदै, कहाँ जाने भर्न ?

डिसी नेपाल
२७ पुष २०७९ ८:५९

काठमाडौँ। सगरमाथा जलविद्युत कम्पनीले १५ लाख ५६ हजार ८ सय कित्ता आईपीओ माघ ५ गतेदेखि जारी गर्ने भएको छ।  कम्पनीको उक्त आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि जारी गर्न लागेको हो।

कम्पनीले जारी गर्ने आईपीओमध्ये ११ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित इलाम जिल्लावासीलाई बिक्री खुला गर्नेछ। भने बाँकी ४ लाख ३६ हजार ८०० कित्ता आईपीओ वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि जारी गरिने छ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ।  यस आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमिा रहेका नेपालीले माघ १९ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्।

स्थानीयले भने छिटोमा माघ १९ गते गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने फागुन ५ गतेसम्म बिक्री खुला गरिनेछ। स्थानीयले इलामस्थित प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम बैंकमा खरिद आवेदन पेस गर्न सक्नेछन्। प्रभु क्यापिटलले तयार पारेको अनलाइनबाट आवेदन दिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *