मुलुकलाई अघि बढाउने चूनौतीपूर्ण अवसर प्राप्त भएको छ: प्रधानमन्त्री दाहाल

डिसी नेपाल
२७ पुष २०७९ १२:५५

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको इतिहासमा मुलुकलाइ अघि बढाउने चूनौतीपूर्ण अवसर प्राप्त भएको बताएका छन्।

बुधबार काठमाडौंमा योङ कम्युनिष्ट लीग नेपालको तेश्रो पूर्ण बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो अधिवेशनबाट असाधारण र अभूतपूर्व रुपमा विस्वासको मत प्राप्त भएको र नेपालको इतिहासमा मुलुकलाइ अघि बढाउने चूनौतिपूर्ण अवसर प्राप्त भएको बताएका हुन्।

उनले विगतमा क्रान्तिद्वारा गणतन्त्र स्थापना गर्ने र संविधानसभाबाट समावेशी र समानुपातीक संविधान निर्माण गर्ने चूनौतिपूर्ण काम माओवादी कै नेतृत्वमा भएको भन्दै अव मुलुकलाई अघि बढाउने अवसरलाई पनि पुरा गर्ने धारणा राखे।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको र संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिए।

उनले यसअघि माओवादी नेतृत्वको सरकारले सुरु गरेका कतिपय राम्रा कार्यक्रमलाई बिभिन्न कारणले कार्यान्वयन गर्न नसकिएको भन्दै अव संकल्पका साथ सवै कामलाई पुरा गर्ने दावी गरे।

प्रचण्डले अहिले आर्थिक समृद्धिको यात्राको परिकल्पनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सके समाजवादतर्फको यात्राको आरम्भ हुनसक्ने र नेपाल नयाँ युगतर्फ जाने जिकिर गरेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *