बिहिबार पनि घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२८ पुष २०७९ ८:४८
208
Shares

काठमाडौँ। बिहिबार पनि अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ २३ पैसा र विक्री मूल्य १३० रुपैयाँ ८३ पैसा तोकिएको छ। बुधबार अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ ५६ पैसा र विक्री मूल्य १३१ रुपैयाँ १६ पैसा रहेको थियो ।

यता, युरोपियन युरोको मूल्य एकको खरिददर १३९ रुपैयाँ ९२ पैसा र विक्री दर १४० रुपैयाँ ५६ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ ०१ पैसा र बिक्रीमा ९० रुपैयाँ ४२ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४८ पैसा, सिंगापुरे डलर एकको खरिददर ९७ रुपैयाँ ८२ पैसा र विक्री दर ९८ रुपैयाँ २७ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ८४ पैसा र विक्रीमा ९ रुपैयाँ ८८ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३२ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ६८ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *