तारागाउँ रिजेन्सी होटेल्सको लाभांश घोषणा

डिसी नेपाल
२८ पुष २०७९ ९:२९

काठमाडौँ। तारागाउँ रिजेन्सी होटेल्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।  पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८.४२ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको ८.४२ प्रतिशले हुन आउने १५ करोड ८८ लाख ७६ हजार १२६ रुपैयाँ नगद वितरण गर्ने छ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *