अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सबीच मर्जर सम्झौता

डिसी नेपाल
२८ पुष २०७९ ९:४५

काठमाडौँ। अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सबीच एक आपसमा गाभिने भएका छन्। एकापसमा गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौता मंगलबार साँझ  सम्पन्न भएको हो।

प्रारम्भिक सम्झौतापत्रमा अजोडका सञ्चालक चिरञ्जिवी दावा र युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्तले  हस्ताक्षर गरेका छन्। युनाइटेड र अजोडबीच १००ः९० स्वाप रेसियो अनुपातमा मर्जर गर्ने प्रारम्भिक सहमति भएको छ।

यस अघि अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सबीचको मर्जर भाँडिए थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *