हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
२८ पुष २०७९ १०:१७

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।  बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै बोनसमा  तिर्ने ०.१४ प्रतिशत  नगद लाभांश दिने भएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब २३ करोड ९९ लाख ३६ हजार ७०० रुपैयाँको २.७५ प्रतिशतले हुन आउने ६ करोड १५ लाख ९८ हजार ३०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.१४ प्रतिशतले हुन आउने ३२ लाख ४२ हजार १६ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *