छिमेक लघुवित्तले २५.२६ प्रतिशत लाभांश दिँदै, बोनस सेयर र नगद कति ?

डिसी नेपाल
२८ पुष २०७९ १०:३३

काठमाडौँ। छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ।  बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद लाभांश गरी कुल २५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

संस्थाले चुक्ता पूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको २२ प्रतिशतले हुन आउने ५१ करोड १३ लाख २ हजार रुपैयाँबराबरको बोनस सेयर र ३.२६ प्रतिशतले हुन आउने ७ करोड ५७ लाख ६७ हजार ६६० रुपैयाँबराबरको नगद लाभांश दिने भएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई लाभांश वितरण गर्ने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *