सुनको मूल्य बढ्यो, चाँदी घट्यो

डिसी नेपाल
२८ पुष २०७९ १०:५०

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य घटेको छ। चाँदी प्रति तोला ५ रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ रहको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *