क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश

डिसी नेपाल
२८ पुष २०७९ १९:१०
36
Shares

काठमाडौं। उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको हो।

नाबालिगलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउन दिएको आदेश विरूद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

लामिछानेलाई असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *