चितवनमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु

डिसी नेपाल
२९ पुष २०७९ १९:२६
68
Shares

चितवन । चितवनको रत्ननगरमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका १० बस्ने २२ वर्षीय अमित महतोको घटनास्थलमै मृत्य भएको हो ।

मोटरसाइकल पछाडी सवार रत्ननगर नगरपालिका १० का २७ वर्षीय बिश्वास महत्तो गम्भीर घाइते भएका छन् । महत्तोलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्‍याइएको चितवन प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो १२ः२० बजे रत्ननगर नगरपालिका १२ जमुनापुरबाट बकुलहर जाँदै गरेको ना. ४२ प. ४४५३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ना.४ ख. ५३०१ नम्बरको मिनि ट्रकले ठक्कर दिएको थियो । दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *