मिटरजडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्न माग

डिसी नेपाल
३० पुष २०७९ १९:२४
52
Shares

काठमाडौं । नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले आफ्ना १६ बुँदे माग सार्वजनिक गरेको छ । समाजले आफूहरूको व्यवसाय र लगानीको सुरक्षा नभएको भन्दै माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आज यहाँ पत्रकार सम्मेलन गर्दै चालक समाजले राज्यले ट्याक्सी व्यवसायीलाई बन्धक बनाएको भन्दै १६ बुँदे माग सार्वजनिक गरेको हो । मिटर जडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने चालक समाजले माग अघि सारेको छ ।

एकद्वार कर प्रणाली लागू गर्नपर्नेमा जोड दिँदै महानगर वा सरकारले एप बनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने उनीहरूको भनाइ छ ।

चालक समाजले पेशा व्यवसायका क्रममा विभिन्न मितिमा हत्या गरिएका र कुटपिट गरी घाइते बनाइएका ट्याक्सी व्यवसायीको न्यायका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिएको छ । चालकले लगाउनुपर्ने पहेँलो ज्याकेटलाई हटाउनुपर्ने इम्बोूड नम्बरमा नेपाली भाषाको प्रयोग गरिनुपर्नेलगायत माग चालक समाजले राखेको छ ।

चालक समाजका संस्थापक अध्यक्ष सानु पूर्वछानेले इम्बोस्ड नम्बरमा राज्यले गरेको व्यवस्था आफूहरू मान्न तयार नरहेको स्पष्ट पारे। उनले विभिन्न समयमा ४३ ट्याक्सी चालकको हत्या भएको उल्लेख गर्दै हत्यारा पहिचान गरी तत्काल कारबाही गर्न पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए । “हामी पहेँलो प्लेटको नम्बर मान्दैनौँ । हामीलाई नेपालको संवत् र देवनागरीमा जिपिएस फिट गरिएको नम्बर चाहिन्छ”, उहाँले भन्नुभयो, “हाम्रो माग पूरा नभए सम्पूर्ण सवारीसाधन टुँडिखेलमा लगेर थुपारिदिनेछौँ ।”

वरिष्ठ अधिवक्ता ध्रुवलाल प्रधान, डा नन्दकाप्री, नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजका अध्यक्ष प्रेमकुमार तमाङ, उपाध्यक्ष बाबुकाजी श्रेष्ठलगायतको उपस्थिति थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *