बालविवाह समाजको जटिल समस्या

डिसी नेपाल
३० पुष २०७९ २१:१२

सप्तरी । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका कार्यालय प्रमुख दुनियाँ लाल यादवले बालविवाह समाजको जटिल अवस्था रहेको बताएका छन् ।

बालिकाको शिक्षामा पहुँच तथा बालविवाह न्यूनीकरणका लागि परिकल्पना नेपाल सप्तरी, सामुदायिक सेवा केन्द्र,जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको संयुक्त आयोजनामा शनिबार राजविराज नगरपालिका वडा नम्बर १ मा आयोजित दबाबमूलक र्‍याली तथा पौष्टिक पिटो वितरण कार्यक्रममा सो कुरा बताएका हुन्।

बालविवाहको कारण महिलाहरूमा स्वास्थ्य समस्या हुने गरेकोले बालबालिकासँग आमाबाबुले किशोर अवस्थामा हुने परिवर्तन र अपनाउनु पर्ने साबधानीको विषयमा जानकारी दिन सके बालविवाह न्युनिकरण हुने बताए ।

बालिकाको पाठेघर ६० ग्रामको मात्र हुने र गर्भवती भएपछि ९ देखि १२ किलोसम्म हुने भएपछि पाठे घरमा गाठो हुने, घाउँ हुने पाठेघर खस्ने समस्या हुने भएकोले कसैले पनि उमेर नपुगी बिवाह गर्न नहुने बताए ।

उनले पौष्टिक पिठो गर्भवती र सुत्केरीको लागि संजिवनी बुटी भएकोले यसको महत्त्व बुझेर अनिवार्य प्रयोग गर्न आग्रह गरे । यसले बालबालिकालाई कुपोषित मात्र हुन दिँदैन विभिन्न रोगबाट बचाउने जानकारी समेत दिए ।

उनले गर्भवती महिलाले कम्तिमा पनि ४ पटक स्वास्थ्य चौकीमा गएर स्वास्थ्य जाँच गराई राज्यले उपलब्ध गराएको सुविधा लिनुपर्ने बताए । आंग खसेको समस्याको माघ १५ देखि निस्शुल्क उपचार हुने जानकारी समेत दिए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले २० वर्ष पुगेपछि मात्र विवाह गर्नु पर्ने बताए । उनले भने,झबीस वर्ष मुनी विवाह गर्न नहुने बताए । बीस वर्ष नपुगि बिवाह गर्नेलाई कानुनी कारबाही हुने विषयमा जानकारी गराइएको थियो । कार्यक्रममामा ३० जना सुत्केरी र गर्भवती महिला पौष्टिक पिठो वितरण गरिएको थियो ।
कार्यक्रम परिकल्पना नेपालको अध्यक्ष सुधा देवकको अध्यक्षतामा सम्पन्न भएको थियोे । पौष्टिक पीठो वितरणपछि परिकल्पना नेपाल संस्थाको नेतृत्व र्‍याली निकालिएको थियो ।

र्‍यालिमा सामुदायिक सेवा केन्द्रका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, स्थानीय बालबालिका,किशोरी,महिला  सहित करिव एक सय जनाको उपस्थिति रहेको थियो ।

सहभागीहरूले बालविवाह गर्नेलाई कानुनी सजाय दिनुपर्छ, छोरा सरह छोरीलाई शिक्षा दिनुपर्छ, बालविवाह गर्नेलाई ३ वर्ष सजाय र ३० हजार जरिवाना हुन्छलगायत नारा लगाई वडाको परिक्रमा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *