ग्लोबल आइएमई बैंकले पायो ऋणपत्र जारी गर्ने अनुमति
काठमाडौँ। ग्लोबल आइएमई बैंकले ऋणपत्र जारी गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ५० लाख कित्ता ऋणपत्र जारी गर्न बैंकलाई अनुमति प्रदान गरेको हो। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्न पाउने भएका छन्।
बैंकले ५ वर्षे अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ नामक ऋणपत्र जारी गर्ने भएको छ। यसमा वार्षिक १.२५ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रमा बैंकले ३० लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्।
यस ऋणपत्रमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment