पाइलटले बस्ती जोगाउन जहाज सेती खोंचमा खसालेको हुन सक्ने प्रत्यक्षदर्शीको अनुमान

डिसी नेपाल
१ माघ २०७९ १२:२५
1.0k
Shares

काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमान दुर्घटना देखेका प्रत्यक्षदर्शीले आफुलाई पाइलटले बस्ती जोगाउन विमान सेती खोचमा खसालेजस्तो लागेको बताएका छन् ।

उनका अनुसार दुर्घटना स्थल नजिकै अल्कापुर भन्ने बस्ती छ। जहाज त्यही बस्तीमा खस्न सक्ने देखेपछि पाइलटले बस्ती बचाउन जहाजलाई सेती खोचतर्फ लगेको उनको अनुमान छ । उनका अनुसर पाइलटले आफूले विमान दुर्घटनाबाट बचाउन नसक्ने देखेपछि बस्ती बचाउने निर्णय गरेको हुनुपर्छ ।

दुर्घटनाग्रस्त विमानबाट ३० जनाभन्दा बढीको शव निकालिसकिएको छ । दुर्घटनामा परेकाहरू जीवित भेटिने सम्भावना न्युन रहेको बताइएको छ । विमान पोखरा विमानस्थल नजिकैको डाँडामा ठोक्किएको हो । घटनास्थलमा उद्धार कार्य जारी छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार ६८ जना यात्रु र ४ चालक दलका सदस्य बोकेको यतीको एटीआर ७२ विमान दुर्घटना भएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *