कास्कीका सिडिओ भन्छन्-अहिलेसम्म कसैलाई जीवित भेटेका छैनौं
काठमाडौं । दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानबाट अहिलेसम्म कसैलाई पनि जीवित उद्दार गर्न सकिएको छैन। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले अहिलेसम्म कोही पनि जीवित नभेटिएको बताए ।
दुर्घटना भएको करिब ४ घण्टा बित्न लाग्दा पनि कोही जीवित नभेटिनुले सकैको जीवित उद्धार हुन सक्ने सम्भावना कम हुँदै गएको छ। विमानमा ६८ यात्रु र ४ चालक दलका सदस्य थिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले २९ जनाको मृत्यु भएको पुष्टी गरेको छ। अरुको खोजी भइरहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment