प्रधानमन्त्रीलाई पोखरा लैजान बालुवाटार पुगेको हेलिकप्टर रित्तै फर्कियो

डिसी नेपाल
१ माघ २०७९ १५:०२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरा लैजानका लागि लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेको हेलिकप्टर रित्तै फर्किएको छ ।

यसअघि प्रधानमन्त्री यती एयरलाइन्सको विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने भनिएकोले उनलाई लिन पुगेको हेलिकप्टर प्रधानमन्त्रीको कार्यक्रम स्थगित भएपछि रित्तै फर्किएको हो ।

यसअघि प्रधानमन्त्रीले र गृहमन्त्री पोखरा जाने भनिए पनि आफूहरु जाँदा उद्दार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको हो ।

प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम स्थगित भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *