टुँडिखेलमा यसरी मनाइयो माघी पर्व (फोटोफिचर)

अनिल पोख्रेल
१ माघ २०७९ १६:०२

काठमाडौं। आइतबार देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइएको छ।

यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन्। मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन्।

हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ लगायतका जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन्।

माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा काठमाडौंको टुँडिखेल र खुल्लामञ्चमा बिविध सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

 

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। 

आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा मेला लाग्छ । यी ठाउँमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *