विमान दुर्घटनाप्रति रुसी राष्ट्रपतिद्धारा दुःख ब्यक्त

डिसी नेपाल
१ माघ २०७९ २०:१५
1.6k
Shares

काठमाडौं । पोखरामा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति रुसका राष्ट्रपति भलादीमीर पुटिनले समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाउँदै उनले दुःख व्यक्त गरेका रुसी समाचार संस्था तासले जनाएको छ ।

तासले प्रकाशित गरेको समाचारमा उल्लेख भएअनुसार पुटिनले समकक्षी विद्यादेवी भण्डारीलाई आइतबार नेपाली दूतावासमार्फत शोक सन्देश पठाएको सूचना रसियाको सरकारी अड्डा केरमिनलले टेलिग्राममा राखेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *