मेरिल्याण्डका गभर्नरको सपथमा गाउँदै छिन् परिजिता

डिसी नेपाल
४ माघ २०७९ ६:२०

वासिंगटन डिसी। नेपाली मूलकी अमेरिकी गायिका परिजिता बास्तोलाले मेरिल्याण्ड राज्यका गभर्नरको सपथ ग्रहण कार्यक्रममा गाउन पाउने भएकी छिन्। बाँस्तोलाले गभर्नरको सपथ ग्रहणको भव्य सार्वजानिक समारोहमा अमेरिकाको राष्ट्रिय गान गाउने भएकी हुन्। अमेरिकाको राष्ट्रिय गान “स्टार स्पेङ्गल्ड व्यानर” हो।

यसको तयारीका लागि वास्तोलाले मंगलबार नवनिर्वाचित गभर्नर वेस मोरसँग भेट गरेकी छिन्। यो भव्य समारोहमा गायनमा अनुबन्धित गर्न मेरिल्याण्ड राज्य सरकारले परिजितालाई निकै राम्रो मूल्यसमेत तिरेको बताइएको छ।

समाचारअनुसार, १७ बर्षीया किशोरी गायिका परिजिताको लागि यो नै पहिलो निकै महँगो रकममा सम्झौता गरिएको सार्वजानिक कार्यक्रम हो।

नेपालको झापा स्थायी घर भई अमेरिकाको मेरिल्याण्ड सेभेर्नापार्कमा स्थायी बसोवास गर्दै आएका पंकज बाँस्तोला र बीरा तिवारीकी छोरी परिजिता अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइसको टप आठसम्म पुग्न सफल भएकी थिइन्।

जादूमयी स्वरकी धनी भनेर नेपाली अमेरिकी समुदायमा चर्चित भइसकेकी परिजिता हाल सभेर्ना पार्क हाइस्कूलमा कक्षा १२ मा अध्ययनरत छिन्। उनलाई अमेरिकाको मेरिल्याण्डस्थित थुप्रै संघसंस्था र स्थानीय सरकार एवं तिनका प्रतिनिधिहरुले लिखितरुपमै पत्र दिएर प्रसंसा गरेका छन्।

उनी विद्यालयमा डेमोक्रेटिक क्लबमा सक्रिय छिन्। मेरिल्याण्ड राज्यमा नव निर्वाचित गभर्नर मोर पनि डेमोक्रेटिक पार्टीका नेता हुन्। उनले हालका गभर्नर ल्यारी होगनलाई जनवरी १८, २०२३ बुधबारदेखि विदा गरेर आफ्नो पदीय कार्यभार शुरु गर्दै छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *