किम कार्दासियनले किनिन् डायनाको नेकलेस
लसएन्जल्स। अमेरिकी टिभी रियालिटी स्टार र मोडल किम कार्दासियनले बेलायती राजकुमारी डायनाको एउटा नेकलेस किनेकी छन्। उनले यो नेकलेस लिलामीमा किनेकी हुन्। अक्सन हाउस सोथबीका अनुसार यो नेकलेसलाई सन् १९२० मा ब्रिटिस ज्वेलर गेरार्डले बनाएको थियो।
यसलाई लन्डनमा एक लाख ६२ हजार ८ सय डलरमा बेच्नुपर्ने थियो। लिलामीमा चार बिडरले बोली लगाएका थिए, तर अन्तिम पाँच मिनेटमा किमले सबैभन्दा बढी बोली लगाएर किनेकी हुन्। यो नेकलेसलाई दिवंगत राजकुमारी डायनाले लगाएकी थिइन्।
किमले हीराजडित निलम अट्टाल्लाह क्रस नेकलेस करिब एक लाख ९७ हजार चार सय ५३ डलरमा किनेकी हुन्। सोथबी लन्डनका ज्वेलरी प्रमुख क्रिस्टियन स्पोफोर्थले दिवंगत डायनाले लगाएको यो नेकलेस निकै कमैमात्र बजारमा आउने गरेको बताए। ‘अट्टालाह क्रस जस्तो एक थान, जो निकै रङ्गीन, बोल्ड र विशेष छ’, उनले भनेका छन्।
डायनाले पेडेन्टलाई सन् १९८७ मा एक च्यारिटी गालामा लगाएकी थिइन्। नेकलेस यसको वास्तविक मूल्यभन्दा दुई गुणा बढीले बिक्री भएको हो । किम यस्तो ऐतिहासिक वस्तु किन्न सोखिन छिन्। उनले मर्लिन मुनरीको एक लुगा पनि लिलामीमा किनेकी थिइन्। त्यो लुगालाई उनले मेट गालामा लगाएकी थिइन्। मर्लिनको यो ड्रेस विशेष हुने कारण यो होकि उनले सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको जन्मदिनमा लगाएकी थिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment