शितल निवासमा ओली र नेपालबीच भलाकुसारी

डिसी नेपाल
६ माघ २०७९ १२:२९
732
Shares

काठमाडौं। शुक्रबार सभामुख देवराज घिमिरेलाई सपथ ग्रहण गराउने कार्यक्रम थियो। सभामुखको सपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्रीको हैसियतमा केपी ओली, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईलगायतका अन्य विविष्ट व्यक्तिको उपस्थिति थियो।

सपथ ग्रहण कार्यक्रम चल्दै गर्दा तिक्ततापूर्ण सम्बन्ध गरेका दुई पूर्वप्रधानमन्त्री केपी ओली र माधव नेपालबीच भएको भलाकुसारीले धेरैको ध्यान खिजेको छ।

माधव नेपालले आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्न खेलेको भूमिकादेखि एमाले विभाजनसम्म गरेपछि ओली र नेपालबीच पानीबारबारको स्थिति उत्पन्न भएको थियो।

तर यसअघि पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सपथ ग्रहण समारोहमा पनि ओली र नेपालबीच संयोगले शितलनिवासमा नै औपचारिक रुपमा सीमित कुराकानी भएको थियो।

शुक्रबार पनि सभामुखको सपथ ग्रहण कार्यक्रममा संयोगले एकै ठाउँ बस्न पुगेका ओली र नेपालबीच केहीबेर कुराकानी भयो। उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन। तर यस्ता कार्यक्रममा भेट हुँदा विगतको तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको निकट नेताहरुले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *