सभामुखको पहिलो निर्णय: सांसदहरुका लागि संसदीय अभ्याससम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने

डिसी नेपाल
६ माघ २०७९ १३:२१
28
Shares

काठमाडौं। नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदबहाली गरेका छन्।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि घिमिरे सिंहदरबार पुगेर पदबहाली गरेका हुन्। सिंहदरबारमा सभामुख घिमिरेलाई संसद सचिवालयका कर्मचारीहरुले स्वागत गरेका थिए।

पदबहाली गर्दै सभामुख घिमिरेले सांसदहरुका लागि संसदीय अभ्यास र प्रकृया सम्वन्धी अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेका छन्।

सो क्रममा सभामुख घिमिरेले अझै बढी व्यवस्थित, अझै बढी क्रियाशील, अझै मर्यादित बनाउनका लागि सबैको प्रयत्न हुने र त्यसको जिम्मेवारी आफुले पाएको बताए।

उनले प्रभावकारी ढंगबाट संघीय संसद्लाई अघि बढाउने कुरा विश्वस्त रहेको धारणा राखे। घिमिरे बिहीबार प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *