दुर्घटनामा यादवको मृत्यु

डिसी नेपाल
७ माघ २०७९ ८:२०

सप्तरी। पूर्व-पश्चिम हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका १२ डेडेवा पोखरीमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बिष्णुपुर गाउँपालिका वडा नम्बर ७ बिष्णुपुर टोल बस्ने किशोरी प्रसाद यादवको छोरा अन्दाजी बर्ष ४७ को मात्रिका प्रसाद यादव रहेका छन्।

प्रदेश नं.२-०१-००२ प ५०५२ नम्बरको मोटरसाइकल अचानक दुर्घटना भई बाटोको उत्तर पट्टि साईडमा मोटरसाइकल चालक यादव फेला परेको प्रहरीले जनाएको छ।

राती ९ बजे भेटिएका उनलाई तत्कालै उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

मृतकको पोष्ट मार्टम गरि शव परिवारलाई बुझाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *