प्रधानमन्त्रीद्वारा टुँडिखेलमा सोनाम ल्होछारको विशेष कार्यक्रम उद्घाटन

डिसी नेपाल
८ माघ २०७९ १५:१६
36
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछारको अवसरमार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोह उद्घाटन गरेका छन्।

आइतबार दिउँसो कार्यक्रमस्थल टुँडिखेलमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सोनाम ल्होछार समारोहको उद्घाटन गरेका हुन्।

विश्वका विभिन्न मुलुकमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ सङ्घसंस्थाले समेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन्। तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ। यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ।

प्रधानमन्त्री प्रचण्डले नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेको भन्दै शुभकामना दिएका छन्। तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा एक शुभकामना दिँदै प्रधानमन्त्रीले यहाँ बसोबास गर्ने सबै जाति÷जातजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताएका हुन्।

ल्होछार नेपालमा मात्र नभइ चीन, मङ्गोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिङ्गापुरलगायतका मङ्गोल\चिनियाँ सभ्यता पुगेका संसारका सबै महादेश र देशमा मनाइन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *