कालिका लघुवित्तको लाभांश घोषणा

डिसी नेपाल
९ माघ २०७९ १०:३०

काठमाडौँ। कालिका लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ। माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै बोनसमा लाग्ने कर तिर्नको लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि गरेको छ।

संस्थाले हाल कायम चुक्ता पूँजी ३१ करोड २८ लाख ७५ हजार ४११.३५ रुपैयाँको १९ प्रतिशतले हुन आउने ५ करोड ९४ लाख ४६ हजार ३२८.१६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशतले हुन आउने ३१ लाख २८ हजार ७५४.११ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *