सशस्त्रको ११ नं गण रौतहटकाे उत्कृष्ट उपाधि खोसियो

डिसी नेपाल
९ माघ २०७९ ११:४७

काठमाडौं। सशस्त्र प्रहरीको २२ औ स्थापना दिवसमा उत्कृष्ट गणको रुपमा छनौट भएको मधेश प्रदेशको ११ नंम्बर रौतहट गणको पुरस्कार खोसिएको छ।

सशस्त्र प्रहरी बल मुख्यालयले पुरस्कृत गर्न बोलाइएका एसपी ध्रुव कार्की पुरस्कार खोसिएपछि बाटोबाटै फिर्ता भएका छन्।

सशस्त्रको वार्षिकोत्सवमा सबैभन्दा उत्कृष्ट बटालियनले प्राप्त गर्ने रनिङ सिल्ड लिन बोलाइएका कार्कीलाई बाटोबाटै फिर्ता पठाइएको मूख्यालय स्रोतले जनाकारी दियो।

उनकै गणमा रहेको एक बिओपीले गम्भीर त्रुटी गरेको फेला परेपछि उनलाई फिर्ता पठाइएको स्रोतको दावी छ। एआइजीहरु नारायणदत्त पौडेल, सीपी गौतम र वंशी दाहालले उनको पुस्कार खोस्ने निर्णय गरेका थिए।

उनकै मातहतमा रहेको एउटा विओपीले आर्थिक अपचलन गरेको फेला परेपछि उनलाई पुरस्कार दिनबाट रोकिएको सशस्त्र मूख्यालय स्रोतले जनाएको छ।

यो वर्ष विभिन्न गणमध्ये रौतहटको गण पहिलो भएकाले उसलाई मंगलबार उक्त सिल्ड प्रदान गर्ने तयारी भएको थियो। उनको साटो विनोद घिमिरेले उत्कृष्ट पुरस्कार पाउने अवसर प्राप्त गरेको स्रोतको दावी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *