राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ

डिसी नेपाल
९ माघ २०७९ १३:३१

काठमाडौँ। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले डा श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेका हुन्।

उपाध्यक्षमा नियुक्त डा श्रेष्ठलाई आजै आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ गराएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए। यसअघि पनि डा श्रेष्ठले उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

यसअघि पनि उनी योजना आयोगकै पूर्वउपाध्यक्ष र नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *