टिप्पणी

राष्ट्रपतिको खोजी : राजनीतिक कि गैरराजनीतिक ?

विजयप्रसाद मिश्र
१० माघ २०७९ ७:२७

काठमाडौं। नेपालमा अबको राष्ट्रपति को बन्नेछन् भनेर विभिन्न कोणबाट छलफल शुरु भएको छ। राष्ट्रपतिको निर्वाचन गोप्य मतदान प्रक्रियाबाट हुने भएकाले पनि निर्वाचन परिणाम नआएसम्म कसले जित्ने हो एकीन गर्न मुश्किल हुन्छ।

प्रधानमन्त्री पुष्पकमल दहालको पार्टी नेकपा माओवादी केन्द्रका विजयी संघीय र प्रदेश सांसदहरुले कसलाई भोट दिन्छन् भन्ने अनुमान लगाउन नसक्दा पनि राष्ट्रपति को होलान् भन्ने एकीन गर्न सकिएको छैन। अझ प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको लागि राष्ट्रिय सहमति खोजिनेछ भनेपछि, को राष्ट्रपति हुनेछन् भन्ने विषय झन झन पेचिलो हुँदै गएको छ।

प्रधानमन्त्रीले राष्ट्रिय सहमति भनिरहँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रपतिका लागि उम्मेदवार उठाउने छ र त्यसमा राष्ट्रिय सहमतिको लागि पहल हुनेछ भनेर प्रचण्डकै भनाइप्रति व्यङ्ग्य गरेको देखिन्छ। नेपाली कांग्रेसले राष्ट्रपतिमा समेत उम्मेदवार उठाउने निर्णय गरेको छ। पछिल्लो समय गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति उठाउनु पर्दछ भन्ने माग पनि भइरहेको छ।

प्रचण्ड प्रधानमन्त्री हुँदै एमालेलाई राष्ट्रपति र सभामुख दिने सहमति भएको एमाले पक्षले भन्दै आएका छन्। यो भनाइ सभामुखको निर्वाचनमा माओवादी केन्द्रमात्र होइन प्रचण्डलाई शुरुको फेजमा प्रधानमन्त्रीमा विश्वासको मत दिन्छौं भनेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष हस्ताक्षार बुझाउने संसदीय दलका नेता र स्वतन्त्र उम्मेदवारहरुले अहिलेसम्म भएको निर्वाचनमा सहमति अनुसार नै मत दिइरहेका छन्।

यो घटनाक्रमलाई हेर्दा राष्ट्रपतिको निर्वाचनमा समेत यसले निरन्तरता पाउँछ र एमालेले जसलाई राष्ट्रपति बनाउन चाहन्छन् माओवादी र अन्य सरकारमा सहभागी भएका दलहरुले उसैलाई मत दिनेछन्। यसो भयो भने सजिलै एमालेले उठाएको उम्मेदवार नै विजयी हुनेछन्।

तर, एमालेले कसलाई राष्ट्रपति उठाउने हो भन्ने अझै एकीन भएको छैन। माओवादी केन्द्रले पक्कापक्की भोट दिने हो भने केपी ओली आफै राष्ट्रपतिमा उठ्न सक्नेछन् भन्ने अनुमान लगाउने गरिएको छ।

तर उनले सुभासचन्द्र नेवाङको नाम पहिलो चरणमा अघि सारेकाले कतै उनै पो राष्ट्रपतिको एकमात्र उम्मेदवार हुन कि भन्ने बाहिरी रुपमा देखिएको थियो।

नेपाली कांग्रेसका रामचन्द्र पौडेल पहिले राष्ट्रपतिमा इच्छुक त हुन तर अरु विकल्प हुँदा हुँदै अर्थात निर्वाचन मै नउठेका वा निर्वाचनमा हारेर बसेकाहरु मध्येको कृष्ण सिटौला, सुजाता कोइराला, गोपालमान श्रेष्ठमध्ये कसैलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सक्दछ।

तर पछिल्लो जोड घटाऊले एमाले संसदमा सबैभन्दा बढी सिट भएको दलबन्न रणनीतिगत रुपमा नयाँ नयाँ प्रयासहरु गर्न अग्रसर भएको देखिएकोले शुरुको एमालेको रणनीतिमा केही परिवर्तन भई सांसद नजितेका वा सांसदको उम्मेदवार नै नभई संसदबाहिर रहेका एमालेको जो कोहीलाई राष्ट्रपति बनाउने रणनीतिमा केपी ओली लागेका छन् भन्ने देखिएको छ।

यसले गर्दा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र ईश्वर पोखरेलको नाम आएको छ। हो माओवादीले साथ दिएमा यिनीहरु मध्ये नै कोही राष्ट्रपति हुने देखिन्छन्।

एमाले एक नम्बर पार्टी हुने चक्करमा एकीकृत समाजवादीलाई आफ्नो पार्टीमा गाभ्न पाउने हो भने उसले माधवकुमार नेपाल वा झलनाथ खनालमध्ये कसैलाई राष्ट्रपतिमा अफर गर्न सक्दछ। माधव नेपालले संसदमा जीतेकाले हारेको उम्मेदवार झलनाथ खनाललाई नै बनाउने गरी अघि बढ्न सक्दछन्।

सबै बामपन्थीलाई एकै केन्द्रविन्दुमा ल्याउन चाइनिजको इच्छा पूरा गर्न लागेका एमाले र माओवादी केन्द्रका दोस्रो पुस्ताका केही नेताहरुको प्रयासलाई नजितामा पुर्‍याउनका लागि अहिले बामगठबन्धनबाट अलग रहेका चित्रबहादुर केसी र नारायणमान विजुच्छेलाई समेत ल्याउन शक्तिराष्ट्रहरुले कुनै जुक्तिको खोजि गरिरहेका छन् र त्यसैको कास्टिङको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी माइती आएजस्तो लाग्यो भन्दै नारायणमान विजुच्छेको घरमै पुगेर भर्खरै भेटघाट गरेकी छिन्।

यो भेटले राजनीतिमा नयाँ बहस ल्याएको छ। कतै नेपाली कांग्रेसले भारत समर्थित भनेर आरोप लाग्ने डा. बाबुराम भ्ट्टराई वा महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनका लागि समर्थन गर्न थाल्यो भने चीनको इच्छा अनुसार एमालेले पनि नारायणमान विजुच्छेलाई उठाउने योजना पहिलेदेखि नै तयार गर्नु पर्दछ भन्ने चीनको बुझाइ रहेको जानकार बताउँछन्।

अहिलेसम्म एमाले र माओवादी केन्द्रको मिलन हुने कोणबाट विश्लेषण गरेर हेर्दा माथिको मध्ये जे पनि हुनसक्ने देखियो। हो, प्रचण्डले एमालेलाई राष्ट्रपतिको लागि पहिले नै बचन दिएको भए त्यसमा अडिक नै रहनु पर्दछ।

तर उनले बचन नदिएको कुरा बाहिर भनेको र यदि उनले सत्य भनेका हुन भने राष्ट्रपतिमा एमालेले चाहना गरेको भन्दा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी साझा रुपमा चयन गरेका कुनै व्यक्ति राष्ट्रपति हुन सक्दछन्।

पछिल्लो समय यही राष्ट्रपतिको उम्मेदवारका रुपमा एमालेले र नेपाली कांग्रेसले भनेको भन्दा फरक व्यक्तिलाई बनाउने नयाँ रणनीतिमा प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादव लाग्न थालेको उनीहरुको पार्टीबीच भइरहेको छलफलबाट देखिन्छ।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीलाई समाजवादको लागि एक भएको सन्देश दिएर त्यसभित्रको वा उनीहरुको चाहना अनुसारको कुनै अर्को व्यक्तिलाई राष्ट्रपतिमा उठाउने प्रस्ताव एमाले र कांग्रेस दुबैलाई दवाव दिन सक्दछन्।

तर माओवादी केन्द्रले नेपालको संविधानको रक्षा गर्न, धर्म निरपेक्षतालाई कायम राख्न र गणतन्त्र नमास्न पुरानो पाँच दलीय गठबन्धनमा नै फर्किन सक्ने अवस्था पनि छ। यसमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टीले समेत साथ दिने र यसभित्र लोकतान्त्रिक समाजवादी पार्टी समेत आउन सक्दछ।

यसलाई अझ बलियो बनाउन जनमत पार्टी वा नागरिक उन्मुक्ति पार्टी मध्ये कुनै एउटा आउन सक्दछ। यसो भयो भने एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको एक उम्मेदवार र अरु पक्षको अर्को उम्मेदवार हुन सक्दछ।

नेपाली कांग्रेसले माओवादी केन्द्रले खुल्ला रुपमै राष्ट्रपतिमा भोट दिने घोषणा गरेको खण्डमा स्वयं शेरबहादुर देउवा नै राष्ट्रपति होलान् कि भन्ने अनुमान धेरैको छ। तर बास्तविकतामा त्यो सम्भावना देखिँदैन।

नेपाली कांग्रेसका रामचन्द्र पौडेल पहिले राष्ट्रपतिमा इच्छुक त हुन तर अरु विकल्प हुँदा हुँदै अर्थात निर्वाचन मै नउठेका वा निर्वाचनमा हारेर बसेकाहरु मध्येको कृष्ण सिटौला, सुजाता कोइराला, गोपालमान श्रेष्ठमध्ये कसैलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सक्दछ।

भारत र विदेशी शक्तिले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्दछ भनेर सक्रिय हुँदा यहाँ सन्दुक रुइत, जगमान गुरुङ, केदारभक्त माथेमा, सुरेश राज शर्मा, देवेन्द्रराज पाण्डे, लोकराज बराल, कपिल श्रेष्ठ, डा. सूर्य ढुङ्गेल, अनुराधा कोइराला, इशामाया फाउण्डेशनकी संस्थापक इशामाया तामाङ वा यस्तै कोही राष्ट्रपतिको रुपमा कसैले वा साझा उम्मेदवार उठाउन सक्दछन्।

हुन त पूर्वप्रधानन्यायधिसहरुमध्ये केहीको नाम पहिले उठेको थियो। तर प्रधानन्यायाधीश भइसकेपछि राष्ट्रपति बन्न नपाइने कानूनी व्यवस्थाले उक्त हल्ला सेलाएको छ। बरु यही हल्लाहरुको बीच कम्वोडियाका राजा सिंङ्हानुक पहिले राजा र त्यसपछि राष्ट्रपति समेत बनेका थिए।

त्यसैगरी भारत र चीनको टू प्लस वानको रणनीति अन्तर्गत राजा ज्ञानेन्द्रलाई नै राष्ट्रपति बनाउन चीन र भारतको दवाव समेत आउन सक्ने देखिन्छ। यसले राजनीतिमा नयाँ मोड आउन सक्दछ।

राजनीतिमा जे पनि सम्भव छ भन्ने कुरा नेपालका नेताहरुले देखाइसकेकाले प्रचण्ड र केपी ओलीबीचको पुरानो वैरिभाव फेरि ब्युँझियो भने माओवादी केन्द्र नेपाली कांग्रेस लगायत पुरानो टीमको साथमा जान्छ।

जसले नेपाली कांग्रेसले उठाएको कांग्रेसकै राजनीतिक उम्मेदवारलाई सहयोग हुन सक्दछ। हैन भने पुरानो गठबन्धनको साझा उम्मेदवार कुनै अर्को स्वतन्त्र व्यक्ति हुनसक्दछन्।

राष्ट्रपतिका लागि आन्तरिक दौडधुप जतिसुकै चलेपनि भारत, अमेरिका, चीन र यूरोपियन यूनियनले राख्ने चाँसोहरु भित्रको सर्वसम्मत उम्मेदवार को हुन सक्दछन्? त्यसले बाजीमार्न सक्ने पनि सम्भावना छ।

प्रचण्डले केपी ओलीको भन्दा चीनको कुरा सुन्नु पर्दछ र शेरबहादुर देउवाको भन्दा भारत र अमेरिकाको कुरा सुन्नु पर्दछ भन्ने राम्ररी बुझेका छन्।

प्रचण्ड पद र प्रतिष्ठाका लागि जुनसुकै वेला जस्तो सुकै शक्तिसँग पनि सम्झौता गर्न सक्ने हैसियत भएका व्यक्तित्व भएकाले चीनको दवावमा एमालेले रोजेकोलाई वा भारत र अमेरिकाको दवावमा नेपाली कांग्रेसले रोजेको व्यक्तिलाई जिताउन दवाव दिन सक्दछन्।

केपी ओली र प्रचण्डलाई कति डिग्रीको दवाव आउँछ त्यस अनुसारको उम्मेदवारको नाम पनि फेरिने सम्भावनाहरु रहन्छ। नेपाल तीन ढुङ्गाबीचको तरुल भएकोले पनि प्रचण्डले कहिले भारतको त कहिले चीनको त कहिले अमेरिकाको कुरा सुनेर आफ्नो प्रधानमन्त्री पदको आयू बढाउन चाहिरेका छन्।

प्रचण्ड पद र प्रतिष्ठाका लागि जुनसुकै वेला जस्तो सुकै शक्तिसँग पनि सम्झौता गर्न सक्ने हैसियत भएका व्यक्तित्व भएकाले चीनको दवावमा एमालेले रोजेकोलाई वा भारत र अमेरिकाको दवावमा नेपाली कांग्रेसले रोजेको व्यक्तिलाई जिताउन दवाव दिन सक्दछन्।

यसो भयो भने एमालेबाट इश्वर पोखरेल, कांग्रेसबाट कृष्ण सिटौला र गोपालमान श्रेष्ठ वा विदेशीको दवावमा डा. बाबुराम भट्टराई वा अन्य कोही गैरराजनीतिक व्यक्ति राष्ट्रपति बन्न सक्ने देखिन्छ।

जो बनोस, राष्ट्रले गौरव गर्ने मानिस बनोस्। राष्ट्रियताका विषयमा सम्वेदनशील हुने, नेपालमा रहेका विविध परम्परा, संस्कार र पर्वहरुको संरक्षण गर्दै राष्ट्रिय गतिविधिमा कसैसंग नझुक्ने व्यक्तित्व राष्ट्रपतिका लागि योग्य उम्मेदवार हो।

जो सबै नेपालीको अभिभावक बन्न सकुन्। त्यस्तो व्यक्ति राष्ट्रपति बनाउनका लागि संघीय र प्रदेश सांसद र उनीहरुको पार्टीका नेताहरु अग्रसर होउन। राजनीतिक पार्टीको स्वार्थभन्दा देशको स्वार्थ पुराहुनेगरी उम्मेदवारको छनौट गरुन्। नेपाली नागरिकहरुले चाहेको त्यही छ।

जो राष्ट्रपति हुन योग्य हुनुहुन्छ सबैको त्यसपदमा दावेदार हुन सक्ला। तर संसदीय अंकगणितलाई भन्दा देशभक्तिको भावनालाई राष्ट्रियताको तराजुमा तौलिएर योग्य भएकालाई मात्र राष्ट्रपति बनाउन सबै सरोकारवालाहरु सक्षम बनुन्।

देशले यूग यूगसम्म सम्झना गर्न योग्य राष्ट्रपति पाओस्। सबै राष्ट्रवादी राष्ट्रपतिको माग गर्दैछन्। राष्ट्रपतिको निर्वाचनका मतदाताहरुले उनीहरुको मागमा सम्वेदनशील भएर विचार पु¥याउन आवश्यक छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *