मंगलबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१० माघ २०७९ ९:१०

काठमाडौँ। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ९३ पैसा र विक्री मूल्य १३० रुपैयाँ ५२ पैसा तोकिएको छ। सोमबार अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ५० पैसा र विक्री मूल्य १३० रुपैयाँ १० पैसा कायम रहेको थियो।

यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र विक्री दर १४२ रुपैयाँ ४७ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ९१ रुपैयाँ ०८ पैसा र बिक्रीमा ९१ रुपैयाँ ५० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा, सिंगापुरे डलर एकको खरिददर ९८ रुपैयाँ  ७२ पैसा र विक्री दर ९९ रुपैयाँ १८ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ ०१ पैसा र विक्रीमा १० रुपैयाँ ०६ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ६० पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७० पैसा र मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *