कर्मचारी सञ्चय कोष भवन लगनखेलमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर

डिसी नेपाल
१० माघ २०७९ ९:३६

काठमाडौँ। सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक लि.ले ललितपुर जिल्ला, लगनखेल स्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

बैंकले सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो। कर्मचारी सञ्चय कोषका सह–प्रशासक जीवन कुमार कटवालले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अन्य उच्चपदस्थ कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो। सो एक्सटेन्सन काउन्टरको स्थापना भएसँगै बैंकको हालसम्म देशभर ११ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *