सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१० माघ २०७९ १०:५०

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

सोमबार प्रति तोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *