आशा लघुवित्तको १ लाख ७० हजार ३७५ कित्ता सेयर बिक्रीमा

डिसी नेपाल
१० माघ २०७९ १०:३२

काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाको १ लाख ७० हजार ३७५ कित्ता सेयर आज (माघ १० गते)देखि लिलामीमार्फत बिक्री खुला भएको छ।

लगानीकर्ताले न्यूनतम ३८० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ। लिलामी भर्ने अन्तिम म्याद माघ २४ गतेसम्म तोकिएको छ। यसमा न्यूनतम ५० हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

यो लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र काठमाडौँको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *