स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक सेयर लिलामीमा

डिसी नेपाल
१० माघ २०७९ ११:५२

काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ५९ हजार कित्ता संस्थापक सेयर आज (माघ १० गते)बाट लिलामीमार्फत लिलामीमा ल्याएको छ। नबिल बैंकको स्वामित्वमा रहेको उक्त सेयर लिलामीमा ल्याएको हो।

लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनी, अन्य जोकोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन पाउने छन्।

लगानीकर्ताले न्यूनतम मूल्य ५५५ रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ। लिलामी भर्ने अन्तिम म्याद माघ २४ गतेसम्म तोकिएको छ।

इच्छुक लगानीकर्ताले काठमाण्डौको नक्सालस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङमा बोलपत्र पेस गर्नुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *