बुधबार पनि बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
११ माघ २०७९ ९:१२

काठमाडौँ। बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ ४६ पैसा र विक्री मूल्य १३१ रुपैयाँ ०६ पैसा तोकिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ९३ पैसा र विक्री मूल्य १३० रुपैयाँ ५२ पैसा कायम रहेको थियो।

यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र विक्री दर १४२ रुपैयाँ ३७ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ९१ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९१ रुपैयाँ ९८ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ , सिंगापुरे डलर एकको खरिददर ९८ रुपैयाँ ८२ पैसा र विक्री दर ९९ रुपैयाँ २८ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ ०३ पैसा र विक्रीमा १० रुपैयाँ ०८ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३२ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ७५ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *