प्रि-ओपन सेसनमा नेप्से २.४२ अंकले बढ्यो

डिसी नेपाल
११ माघ २०७९ ११:४६

काठमाडौँ। प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से परिसुचक २.४२ अंकले वृद्धि भई २१६६.०५ विन्दुमा आएको  छ।

यससँगै १३ कम्पनीको ८ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ६४ हजार ६२३ रुपैयाँको सेयर कारोबार भएको छ। यो सेसनमा कुल ७ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ।

यता, १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ। बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *