स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै

डिसी नेपाल
१२ माघ २०७९ ९:३९

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृती प्राप्त गरिसकेको छ।

यो ऋणपत्रको प्रति इकाई मुल्य रु.१००० हजार रुपैयाँ रहनेछ र ऋणपत्रको अवधि ५ वर्ष हुनेछ। यस सम्बन्धी सम्पूर्ण कार्य एनआइबिएल एस क्यापिटलले गर्ने गरी सम्झौता भएको छ ।ऋणपत्रको लागि व्यक्ति र निजी संस्थाहरु जो नियमित आय आर्जन गर्न चाहन्छन्, उनीहरुले दरखास्त दिन सक्नेछन्।

निष्काशन हुने कूल रकम मध्ये एक अर्ब ४४ करोड रुपैयाँ बराबरको एक करोड ४४ लाख कित्ता ऋणपत्र निजी तवरमा र ९ करोड ६० लाख रुपैयाँ बराबरको ९ लाख ६० हजार कित्ता बराबरको ऋणपत्र सर्वसाधारण लगायत म्युच्युअल फण्डहरुको लागि शेयर आव्हान पत्र जारी गरेर बाँडफाँड गरिने बैंकले जनाएको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल हाल नेपालमा संचालित एकमात्र अन्तर्राष्ट्रिय बैंक हो। साथै नेपालमा आइसिआरए नेपालद्वारा इक्रा एनपी आईआर एएए श्रेणीका साथ समयमै वित्तीय दायित्वहरु प्रदान गर्ने सुरक्षित बैंकको रुपमा मान्यता दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *