सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ माघ २३ गतेदेखि आउँदै

डिसी नेपाल
१३ माघ २०७९ ९:२३

काठमाडौँ।  सुपर माई हाइड्रोपावर लिमिटेडले सर्बसाधारणको लागि माघ २३ गतेदेखि आइपिओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशत हुन आउने ५ करोड रुपैयाँमध्ये १० प्रतिशतले हुन आउने ५० कित्ता हजार सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिसकिएको छ।

त्यस्तै ५ प्रतिशतले हुन आउने २५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १० हजार कित्ता कर्मचारीलाई छुट्याएको छ। बाँकी ४ लाख १५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको  काम सानिमा क्यापिटलले गर्ने छ।  यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। यसमा लगानिकताले माघ २६ गतेसम्म आवेदन दिन पाउने छन्।  तोकिएको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा फागुन ८ गतेसम्म आवेदन दिन पाउने छन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *